बागमती


राक्सिराङ दुर्घटनामा गम्भीर घाइते गोम्बाको मृत्यु

राक्सिराङ दुर्घटनामा गम्भीर घाइते गोम्बाको मृत्यु

नेपालखबर
पुस १४, २०८१ आइतबार १८:६, हेटौंडा

मकवानपुरको राक्सिराङमा भएको बोलेरो पिकअप गाडी दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।

राक्सिराङ–५ चाक्ले बगरस्थित भित्री सडक खण्डमा बोलेरो पिकअप गाडि दुर्घटना हुँदा गम्भीर घाइते भएका ५६ वर्षका शन्तबहादुर गोम्बाको मृत्यु भएको हो। 

आइतबार दिउँसो २ः३० बजेतिरको समयमा मनहरीबाट राक्सिराङ हुँदै कैलाश जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेर कैलाश गाउँपालिका-३ का गोम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुप्र०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप गाडीको ब्रेक फेल भई सडकबाट करिब ३–४ मिटर तल खस्दा उक्त दुर्घटना भएको थियो।

प्रहरीका अनुसार उक्त बोलेरो गाडीमा ८ जना सवार थिए। दुर्घटनामा अन्य यात्रुहरू भने सकुशल रहेको जनाइएको छ।

बोलेरो पिकअप घटनास्थलमै रहेको छ भने चालक भने दुर्घटनापछि फरार भएका छन्। 

चालकको खोजी कार्य जारी रहेको र दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad