बागमती


काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

नेपालखबर
चैत २३, २०८१ शनिबार २०:२८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल युरोपियन युनियनको निमन्त्रणामा शनिबार बेल्जियम प्रस्थान गरेकी छन्।

महानगरपालिका कार्यालयले दिएको जानकारीअनुसार उनले त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन-भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ।

उपप्रमुख डंगोल बेल्जियमपछि अदालत अवलोकन-भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ। त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरुपणका लागि भएका र गरेका प्रयासबारे अनुभव लिने कार्यक्रम छ।

भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ।

‘बेल्जियको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसद्‌को पनि अवलोकन गर्ने र काठमाडौँ महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदनप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भनिन्, ‘यो भ्रमणका क्रममा त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूसँग औपचारिक भेटघाटको कार्यक्रम छ।’

बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौँ महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासबारे अनुभव आदनप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिएकी छन्। 

‘काठमाडौँ महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उनले भनिन्, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबारे गहन छलफल गर्ने तयारी छ। कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी स्क्रिन पर्यटनको सम्भावनालाई समेत साकार बनाउन के कस्ता पहल गर्न सकिन्छ त्यसबारे पनि म भ्रमणका क्रममा छलफल गर्ने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad