बागमती


आज पाँच मन्त्री नियुक्ति गर्दै मुख्यमन्त्री बानियाँ, सूचीमा छैनन् लामा पक्षका सांसद

आज पाँच मन्त्री नियुक्ति गर्दै मुख्यमन्त्री बानियाँ, सूचीमा छैनन् लामा पक्षका सांसद

सुनिता विष्ट
साउन ३०, २०८२ शुक्रबार १३:१७, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

उनले आज  रिक्त स्थानमा ५ मन्त्री नियुक्ति गर्न लागेका हुन्।

आफ्नो पार्टी कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने तयारी छ।

कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठलाई मन्त्री बनाउन लागिएको गोप्य स्रोत जानकारी दिएको छ।

यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री बानियाँ जुटेका छन्।

यी ५ जना नै बानियाँनिकटका सांसद हुन्। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका ३ सांसदलाई मन्त्री बनाउने सहमति भएको भनिए पनि उनीहरू परेका छैनन्। 

उनीहरुलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको टुंगो लाग्न भने बाँकी छ।

नवनियुक्त मन्त्रीहरूको सपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिने स्रोतले जनाएको छ।

दुईदलीय गठबन्धनमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय र एमालेको भागमा ६ मन्त्रालय परेका छन्। जसमध्ये कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री नियुक्ति भइसकेका छन्। साउन २० गते नियुक्त कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीलाई बिनाविभागीय बनाइएको छ।

अधिकारीलाई आजै विभागीय जिम्मेवारी समेत तोकिने स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad