ad ad

बैंक/वित्त


अर्थतन्त्र सुधारोन्मुख छ, अब बैंकको ब्याजदर घट्छ : गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छ, अब बैंकको ब्याजदर घट्छ : गभर्नर अधिकारी

फाइल तस्वीर


नेपालखबर
चैत २१, २०७९ मंगलबार १२:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा उनले यस्तो बताएका हुन्।

गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप घट्दो क्रममा रहेको उनले बताएक थिए। अहिले बैंक तथा वित्तीय संस्थामा  लगानीयोग्य पुँजी पनि बढिरहेको भनाइ उनको थियो।

अर्थमन्त्री महतले बैंकको ब्याजदर बढी भएको गुनासो गरेको भन्दै चासो राखेका थिए। जवाफमा गभर्नर अधिकारीले आगामी दिनमा ब्याजदर पनि घट्दै जाने उनले बताए।

अहिले रेमिट्यान्स आप्रवाहमा सुधार हुँदा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको पनि उनले बताएका छन्। तर आगामी दिनमा उच्च दरमा आयात बढे पुन: अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्नसक्ने अवस्था रहेको उनको भनाइ थियो।

भेटमा बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धिलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालय जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .