ad ad

बैंक/वित्त


बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्ने वा भ्रम सिर्जना गरे मुद्दा चलाइने

बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्ने वा भ्रम सिर्जना गरे मुद्दा चलाइने

सिबिफिन अध्यक्ष पवन गोल्यान


नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:१७, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सावाँ र ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायतका कार्य गर्ने व्यक्ति वा समूहविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ।

सिबिफिनको गत शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सावाँब्याज नतिर्न दुरुत्साहन गर्ने लगायतका कार्य गर्ने व्यक्ति वा समूहविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो। 

पछिल्लो समय बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवं सोमा कार्यरत कर्मचारीहरुविरुद्ध विभिन्न व्यक्ति, संस्था तथा समूहहरुबाट निरन्तर रुपमा गैरकानुनी गतिविधिहरु भइरहेका छन्।

अब उप्रान्त कुनै व्यक्ति, समूह वा संघ/संस्थाको अवधारणामा बैंक वित्तीय संस्था वा संस्थाका कर्मचारी, बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने लगायतका कार्य भए प्रचलित कानुनबमोजिम मुद्दा चलाउने सिबिफिनले जनाएको छ।

सिबिफिनले कानुन वर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संस्थाहरुविरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुनको अधीनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी लिन समेत अनुरोध गरेको छ। 

यदि कसैले यस्तो कार्य गरेमा बैंक तथा वित्तीय संस्थाको हकहित संरक्षणको लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघले बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ। 

कहिले कहाँ के भयो? 
यसअघि बैंक तथा वित्तीय संस्था वा संस्थाका कर्मचारीविरुद्धमा निरन्तर आक्रमण भएको थियो। 

—गत फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमोसो दलियो। सो घटनामा लुटपाट समेतका जघन्य काम भयो।  

—फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारी त्रिदेव मण्डलमाथि कुटपिट भयो। लघुवित्तपीडित संघर्ष समितिका सदस्यहरुले उनलाई धनपालनाथ गाउँपालिकामा कुटपिट गरे। 

—फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो। 

—गत बुधबार विराटनगरमा केही समूहले बैंक तथा वित्तीय संस्था बन्द गर्न लगाउने र कर्मचारीसहित सेवाग्राहीमाथि नै धरपकड समेत गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .