भारतीय नेपाली कांग्रेसका नेता राहुल गान्धीलाई मार्ने धम्की आएको छ।
भारत जोडो यात्रामा रहेको बेला राहुललाई ६० वर्षीय प्यारे भनिने दया सिंहले यात्राकै क्रममा मार्ने धम्की दिएका थिए।
धम्की दिने सिंहलाई मध्य प्रदेश प्रहरीले पक्राउ गरेको छ। उनलाई मध्य प्रदेशको अपराध महाशाखाले पक्राउ गरेको हो। उनलाई उज्जैनबाट पक्राउ गरिएको हो।
सिंह पञ्जाबको राजेन्द्रनगरस्थित बेतुलका निवासी हुन्।
गत नोभेम्बरमा पनि सिंहले चिठ्ठी मार्फत राहुललाई बम हानेर मार्ने धम्की दिएका थिए। धम्की आएपछि प्रहरीले त्यसबेला पनि पक्राउ गरेको थियो।
तर उनी धरौटीमा रिहा भएका थिए।
36
Shares
प्रतिक्रिया