समाज


आउँदो दुई दिन अत्यधिक वर्षा हुने, बाढीपहिरोको जोखिम

आउँदो दुई दिन अत्यधिक वर्षा हुने, बाढीपहिरोको जोखिम

नेपालखबर
असार २७, २०८३ शनिबार २०:४७, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले आउँदो दुई दिन अत्यधिक वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

विभागले शनिबार साँझ विशेष सूचना जारी गरी आइतबार र सोमबार अत्यधिक वर्षा हुने जनाएको छ। आउँदो दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै र मधेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने विभागले जनाएको छ। 

यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ। 

मनसुन सक्रिय भएकाले अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। जसले गर्दा कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका ग्रेगान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेको छ। 

चारै प्रदेशमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने विभागको आकलन छ। यी क्षेत्रमा आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad