समाज


बझाङ दुर्घटनामा मृत्यु हुने र घाइते अधिकांश वल्लोपल्लो गाउँका

बझाङ दुर्घटनामा मृत्यु हुने र घाइते अधिकांश वल्लोपल्लो गाउँका

नेपालखबर
असार २७, २०८३ शनिबार २०:०, काठमाडौँ

बझाङमा शनिबार भएको जीप दुर्घटनामा मृत्यु र घाइते हुने अधिकांश यात्रु वल्लोपल्लो गाउँका रहेका छन्। 

शनिबार बझाङको केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप दुर्घटना भएको थियो। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ। 

प्रहरीका अनुसार, दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा दुर्गाथली गाउँपालिका-६ का चन्द्रबहादुर महत र कुटुरीदेवी महत तथा केदारस्यूँ गाउँपालिका-७ की विमला महत धामीको मृत्यु भएको छ। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकामध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ। त्यस्तै, चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 
गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका-६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जैमतीदेवी महत, रामबहादुर महत र देवबहादुर जाग्री रहेका छन्। 

त्यस्तै, केदारस्यूँ गाउँपालिका-७ का देवबहादुर धामी पनि गम्भीर घाइते छन्। उनी सवारी चालक हुन्। 

यसैगरी, दुर्गाथली गाउँपालिका-६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरू जाग्री घाइते भएका छन्। चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad