समाज


शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको मृत्यु

शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको मृत्यु

नेपालखबर
असार २७, २०८३ शनिबार १७:५, काठमाडौँ

काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ। 

व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालले जानकारी दिए। अस्पताल ल्याउँदा नै उनको अवस्था चिन्ताजनक रहेको डा. दाहालले बताए। 

‘अस्पताल ल्याउँदा नै चिन्ताजनक अवस्था थियो। धेरै कम्प्लिकेसन आइसकेका थिए,’ डा. दाहालले भने। 

डा. दाहालका अनुसार, व्यवसायी राउतको शरीरमा ६० प्रतिशतभन्दा बढी जलन भएको थियो। उनी अस्पताल ल्याउँदा बेहोस नै थिए। 

‘बेहोस अवस्थामै अस्पताल पु¥याइएको थियो। एक पटक सीपीआर दिएर मुटुको चाल फर्किएको थियो,’ डा. दाहालले भने, ‘दोस्रो पटक मुटुको चाल रोकिँदा सीपीआरले पनि काम गरेन।’

शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो। 

पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ। 

पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। 

त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। सर्लाहीको गौडेता नगरपालिका-१० का ३५ वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad