ग्लोबल


अमेरिकाले हालै गरेको आक्रमणमा १७ जना मारिए: इरान

अमेरिकाले हालै गरेको आक्रमणमा १७ जना मारिए: इरान

नेपालखबर
असार २७, २०८३ शनिबार २१:८, काठमाडौँ

इरानको स्वास्थ्य मन्त्रालयले हालै अमेरिकाले गरेको आक्रमणमा एक महिलासहित १७ जनाको मृत्यु भएको बताएको छ।

बीबीसी फारसीका अनुसार इरानको स्वास्थ्य मन्त्रालय सूचना केन्द्रका प्रमुख हुसेन करमानपुरले जुलाई ८ र ९ मा अमेरिकाले गरेको हमलामा ११५ जना घाइते पनि भएको बताएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार केही घाइतेलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

होर्मुज स्ट्रेटमा तीनवटा जहाजमा आक्रमण गरेको भन्दै अमेरिकाले इरानका बन्दर अब्बास, केसम, सिरिक, चाबहार र बुसेहरमा आक्रमण हमला गरेको थियो।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार फेरि इरानलाई धम्की दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'यदि इरानले मेरो हत्या गर्ने प्रयास गर्‍यो भने अमेरिकाले ठुलो आक्रमण गर्नेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad