नानीहरूसँग किताब कापी थिएन; ऊ जीवनजल बाँड्न आयो।
किसानहरू मल बीउको खोजीमा थिए; ऊ जस्तापाता लिएर आयो।
गृहिणीहरू चापाकल सुकेर हैरान थिए; ऊ 'भ्युटावर बनाई दिन्छु’ भन्दै आयो।
हामीलाई चाहिएको कुरा नसोध्ने!
आवश्यक नभएका कुरा लिएर आउने!
को हौ तिमी?
र्याखर्याख पारेपछि परिचय नदिई धर!
सरकार रहेछ।
प्रतिक्रिया