ग्लोबल


इरानको दाबी: अमेरिकाका सैन्य अड्डामा मिसाइल हान्यौँ

इरानको दाबी: अमेरिकाका सैन्य अड्डामा मिसाइल हान्यौँ

नेपालखबर
असार २९, २०८३ सोमबार १२:५८, काठमाडौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा बदला हमला गरिएको दाबी गरेको छ।

आईआरजीसीले आइतबार र सोमबार बिहान अमेरिकाले गरेको आक्रमणको जवाफ दिइएको दाबी गरेको हो।

बीबीसी फारसीले आईआरजीसी लाई उद्धृत गर्दै आक्रमणले धेरै महत्त्वपूर्ण प्रतिष्ठान र सैन्य स्रोतसाधनमा क्षति भएको उल्लेख गरेको छ।

सोमबार बिहान जारी विज्ञप्तिमा आईआरजीसीले भनेको छ, ‘जोर्डनको प्रिन्स हसन एयर बेसमा रहेका ठुलो मिसाइल भण्डार र इन्धन ट्यांकमा मिसाइल र ड्रोन प्रहार गरिएको थियो, जसले गर्दा आगो लागेको थियो।’

आईआरजीसीले बहराइनको शेख इसा एयर बेसलाई पनि निसाना बनाएको बताएको छ।

आईआरजीसीका अनुसार आक्रमणले अमेरिकी सेनाको हेलिकप्टर मर्मत केन्द्र, पी-८ इलेक्ट्रोनिक युद्ध विमान ह्याङ्गर, ड्रोन कमान्ड र नियन्त्रण केन्द्रलाई निसाना बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad