विभिन्न सञ्चारमाध्यामका कार्यालय अगाडि पार्किङ गरिएका गाडी प्रहरीले हटाउन थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले ती गाडी प्रहरीले उठाएर ल्याउने र अनुसन्धान गर्ने बताए।
‘हामीलाई चार ठाउँमा गाडी त्यसरी कार्यालय आउजाउमै अवरोध पुग्ने गरी राखिएको सूचना आएको छ। कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन र अनामनगर भाटभटेनी नजिक त्यसरी गाडी पार्किङ गरिएको सूचना आएको छ। ती ठाउँमा प्रहरी पुगिसकेको छ। गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्छौँ’, एसपी भट्टराईले भने।
तीनकुनेस्थित कान्तिपुरको कार्यालय अगाडि रोकिएको गाडी प्रहरीले क्रेन लगाएर उठाएको छ।
अब अनलाइनखबर र हिमालयन टेलीभिजन अगाडिको गाडी पनि हटाउने तयारी प्रहरीले गरेको छ। चारवटै स्थानमा राखिएका गाडी निजी नम्बर प्लेटका छन्। ती गाडी कसले र किन त्यसरी पार्किङ गरेर राखे भन्ने अहिलेसम्म खुलेको छैन।
Shares

प्रतिक्रिया