समाज


जहाँ आज राति धेरै भारी वर्षा हुने सम्भावना छ

जहाँ आज राति धेरै भारी वर्षा हुने सम्भावना छ

नेपालखबर
असार २९, २०८३ सोमबार २०:३६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई क्षेत्रनजिक छ। जसका कारण नेपालमा मनसुन सक्रिय अवस्थामा छ।

यतिबेला कोसी, बागमती तथा गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। यी र आसपासका क्षेत्रमा अझै थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम महाशाखाले सुझाव दिएको छ। 

मौसम महाशाखाका अनुसार आज (सोमबार) राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै  स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

यसैगरी मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भूभागका धेरै स्थान, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई  भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

कोसी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

हर्नुहोस् बुधबारसम्मकै वर्षा प्रक्षेपण

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad