विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यसरी शंकास्पद रुपमा पार्किङ गरेको फेला परेको थियो।
यी स्थानबाट क्रेनको सहयोगमा उठाएर ट्राफिक प्रहरी कार्यालय लगिएका गाडीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर प्रहरीले सम्बन्धित व्यक्तिको जिम्मा लगाएको ट्राफिक प्रहरीका एक अधिकारीले बताए।
उनीहरुलाई जथाभावी पार्किङ गरेको आरोपमा प्रहरीले सामान्य जरिवाना तिराएर गाडी फिर्ता दिएको हो। कसैका चालकले र कसैको गाडी धनी नै साँझ गाडी बुझ्न ट्राफिक प्रहरी कार्यालयमा पुगेका थिए।
भाटभटेनीमा बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी थियो। अनलाइन खबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको रहेको खुलेको छ। उक्त गाडी उनका भाइले लगेर गेटमा छाडेको खुलेको छ।
कान्तिपुर पब्लिकेशनको गेटमा बा प्रदेश–०१–०३४ च ४० नम्बरको जिप पार्किङ गरिएको थियो। यो गाडी रास्वपाकै नेताको भएको खुलेको छ। रौतहट घर भएका रवि जैसवालको गाडी पुष्टि भइसकेको छ।
हिमालय टेलिभिजनको गेटमा बा १० च १२५५ नम्बरको कार थियो। यो गाडी डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको छ। यी सबै गाडी सम्बन्धित व्यक्तिले नै जिम्मा लिइसकेका छन्।
Shares

प्रतिक्रिया