बाइक


टीभीएसले ल्याउँदै स्मार्ट मोटरसाइकल ‘आरटीआर २००फोरभी’ (भिडियो)

टीभीएसले ल्याउँदै स्मार्ट मोटरसाइकल ‘आरटीआर २००फोरभी’ (भिडियो)

नेपालखबर
साउन २५, २०७७ आइतबार ९:४८,

टीभीएसले पूरै नयाँ स्मार्ट प्रविधियुक्त अपाचे आरटीआर २००फोरभी मोटरसाइकल ल्याउने तयारी गरेको छ। कम्पनीले स्मार्ट कनेक्ट प्रणालीको, ब्लुटुथ इनेबल्ड, क्र्यास अलर्टसहितका विशेषतायुक्त स्मार्ट मोटरसाइकल बजारमा ल्याउनलागेको हो।

कम्पनीका अनुसार यसमा लिन एंगल मोड, लो फ्युल इन्डिकेसन, पम्प नेभिगेसनलगायतका स्मार्ट सुविधा हुनेछन्। त्यस्तै यसको इन्जिनले अधिकतम ८५ सय आरपीएममा १५.१ किलोवाट तथा ७५ सय आरपीएममा १६.८ एनएम अधिकतम टर्क क्षमता उत्पादन गर्छ।

यसमा ५ स्पिड गियरबक्स हुनेछ भने ३.९ सेकेन्डमै बाइकले शून्यबाट एकैचोटि ६० किमिसम्मको स्पिडमा पुग्नसक्ने कम्पनीको दाबी छ। यसको प्रतिघण्टा गति १२७ किमि रहेको छ।

नयाँ मोटरसाइकलमा एबीएससँगै रियर ह्विल लिफ्ट अफ प्रोटेक्सन नियन्त्रण प्रणाली छ। रेडियल टायरयुक्त बाइकमा एलईडी हेडल्याम्प र उन्नत क्लच सिस्टम रहेको छ। यसमा परिष्कृत प्रविधि जडान छ।

टीभीएसले ३७ वर्षदेखि रेसिङ लिगेसी बनाएको छ भने ३ करोड ३५ लाख ग्राहकसम्म पुगिसकेको छ। ६० देशसम्म कम्पनीका मोटरसाइकल पुगिसकेका छन्।

मध्यपूर्व, अफ्रिका, दक्षिणपूर्वी एसिया, ल्याटिन र मध्यअमेरिकासम्म कम्पनीका मोटरसाइकलहरु पुगिसकेका छन्। पछिल्लो समय कम्पनीले स्मार्ट प्रविधिलाई उच्च प्राथमिकता दिएको छ।

याे माेटरसाइकलमा साढे २ लिटरकाे रिजर्भसहित १२ लि.काे इन्धन ट्यांकी छ। 

Bluetooth-enabled TVS Apache RTR 200 4V launched at Rs 1.14 lakh ...

यी हुन् मुख्य विशेषता 

याे बाइकमा फाेर स्ट्राेक आयल कुल्ड इन्जिन छ। सिंगल सिलिन्डर अरेन्जमेन्ट रहेकाे इन्जिनकाे क्षमता १९७.७५ सीएम३ छ। ८ हजार आरपीएममा यसले २०.५ पीएस म्याक्सिमम पावर जेनरेट गर्न सक्छ भने ७ हजार आरपीएममा १८.१० एनएम म्याक्सिमम टर्क जेनरेट गर्छ। 

इलेक्ट्रिक स्टार्ट सिष्टम रहेकाे बाइकमा ५ स्पिड गियर बक्स, ५ प्लेट स्लिपर क्लच रहेकाे छ। बाइककाे उचाइ ११०५ एमएम, लम्बाइ २०५० एमएम र चाैडाइ ७ सय ९० एमएम रहेकाे छ। त्यस्तै १३५३ एमएम ह्विलबेस भएकाे याे बाइककाे ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेकाे छ। बाइककाे ब्याट्री १२भी, ६एएच एमएफ छ भने एलइडी पाेजिसन ल्याम्पसँगै एएचओ  लिड हेडल्याम्प र एलइडी टेल ल्याम्प रहेकाे छ। 

याे बाइकमा अगाडिकाे टायर ९०/९०-१७ ४९पी ट्युबलेस वा ९०/९०-१७ एम/सी ४९एस ट्युबलेस तथा पछाडि टायर १३०/७०-१७ एम/सी ६२पी ट्युबलेस  वा १३०/७०-१७ एम/सी ६२एस ट्युबलेस वा १३०/७० आर१७ एम/सी ६२पी ट्युबलेस छ। 

tvs all new bike 1

ब्रेककाे कुरा गर्दा याे बाइकमा अगाडि २७० एमएम पेटल टाइप डिस्क तथा पछाडि २४० एमएम पेटल टाइप डिस्क ब्रेक छ। याे बाइककाे कर्ब वेट १४९ किलाेग्राम छ। यसकाे प्रतिघण्टा अधिकतम गति १२८ किमि रहेकाे कम्पनीले जनाएकाे छ। 

स्मार्ट प्रविधिकाे भरपूर प्रयाेग 
यसबाहेक माेटरसाइकलमा स्मार्ट प्रविधिकाे भरपूर प्रयाेग गरिएकाे छ। बाइकले गति लिँदै गर्दा टीभीएसकाे स्मार्ट एक्साेनेट एपले रेसकाे प्यारामिटर रेकर्ड गर्छ र चालकले सजिलै टेलिमेट्रीबाट स्क्राेल गर्न सक्छ। 

त्यस्तै याे बाइकमा टर्नबाइटर्न नेभिगेसन छ। जसले टुर माेडसँगै सिंगल ट्रिपमा पनि टीभीएस स्मार्ट एक्साेनेट इनेबल हुन्छ। यसबाट चालकलाइ तेल हाल्ने स्थान, अस्पताल, रेष्टुराँजस्ता राेक्नैपर्ने स्थानबारे जानकारी मिल्नेछ। अर्काे स्मार्ट विशेषता भनेकाे स्मार्ट एक्साेनेटले फाेन कल वा एसएमएसबारे डिस्प्लेमा जानकारी दिन्छ। 

बाइकमा इन्धन कम भएकाे बेला जानकारी दिने प्रविधि रहेकाले चालकलाइ पहिले नै जानकारी हुन्छ भने इन्फाे स्विच थिच्नेबित्तिकै यसले नजिककाे पेट्राेल पम्पबारे जानकारी दिन्छ। त्यस्तै यसले क्र्यास अलर्ट अर्थात् सम्भावित दुर्घटनाकाे चेतावनी दिन्छ। यसमा रहेकाे युनिक सेफ्टी फिचरले बाइक लड्नलागे यसकाे अलर्ट सिस्टम माेड इनेबल भएर १८० सेकेन्डमै राइडरकाे इमरजेन्सी कन्ट्याक्टलाइ सूचित गराउँछ। यसले लाेकेसनबारे पनि जानकारी दिन्छ। 

tvs all new bike 2

यसकाे अर्काे विशेषता भनेकाे सिस्टमले रेसरकाे लिन एंगलबारे फाेनमा रहेकाे गाइराेस्काेपिक सेन्सरमा रेकर्ड गर्छ। उक्त एपले बाइक कतिसम्म ढल्केकाे छ त्याे रेकर्ड गर्छ। यसका ब्रेकिङ प्रणाली पनि अत्याधुनिक छन्। त्यस्तै याे बाइक एग्रेसिभ स्टाइलकाे छ। एलइडी हेडल्याम्पले बाइककाे छुट्टै आकर्षण बढाएकाे छ। यसमा रहेकाे रेडियल टायरले उच्च प्रस्तुति दिन्छ। 

भिडियाे हेर्नुहाेस् - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad