ग्लोबल


खामेनीको अन्त्येष्टिमा छोरा मोज्तबा सहभागी नहुने, इजरायलले आक्रमण गर्ने डर

खामेनीको अन्त्येष्टिमा छोरा मोज्तबा सहभागी नहुने, इजरायलले आक्रमण गर्ने डर

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
असार १९, २०८३ शुक्रबार ५:४७, काठमाडौँ

इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी सहभागी नहुने भएका छन्। 

बीबीसीका अनुसार सर्वोच्च नेता खामेनीका प्रतिनिधिले सुरक्षालाई ध्यान दिएर उनी बुवाको अन्तिम संस्कारमा उपस्थित नहुने बताएका हुन्।

इजरायलबाट आक्रमण हुन सक्ने डरले मोज्तबालाई सुरक्षा एजेन्सीले अन्त्येष्टि समारोहमा नजानसल्लाह दिएका छन्।

यद्यपि यसबारे थप आधिकारिक जानकारी अहिलेसम्म दिइएको छैन।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि गर्न लागिएको हो। 

इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनी

बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्त्येष्टि समारोह यही जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ। इराकका सहरहरू बगदाद, काजमिन, करबला र नजफमा पनि शोक सभा आयोजना गरिनेछ।

त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad