पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ।
बलुचिस्तानका अधिकारीहरूका अनुसार सेरानी जिल्लामा बस दुर्घटना भएको हो।
क्वेटास्थित रेस्क्यु ११२२ का प्रवक्ताका अनुसार बस क्वेटाबाट पेसावर जाँदै थियो।
बलुचिस्तानका मुख्यमन्त्रीका सहायक साहिद रिन्दले ४० जनाको मृत्यु भएको पुष्टि गर्दै आठ जना घाइते भएको बताएका छन्।
उनले भने, ‘प्रारम्भिक जानकारीअनुसार बसले आफ्नै यात्रुबाहेक अर्को बिग्रेको बसबाट पनि यात्रु बोकेको थियो।’
स्थानीय अधिकारीहरूका अनुसार बस गहिरो खोचमा खसेको हो। जसले गर्दा यात्रुहरूलाई उद्धार गर्न गाह्रो भएको थियो।
दुर्घटनास्थलबाट प्राप्त तस्बिरमा बस पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ।
39
Shares

प्रतिक्रिया