ad ad

ब्लग


इटहरी : एमालेलाई पहिलो गाँसमै ढुङ्गा

इटहरी : एमालेलाई पहिलो गाँसमै ढुङ्गा

मिथिला पोखरेल
जेठ ५, २०७९ बिहिबार १०:७, काठमाडौँ

देशी–विदेशी विरोधीहरु मिलेर खेदोपाइलो गर्दा  पनि एमाले स्थानीय चुनावमा सशक्त नै देखियो।  पार्टी अध्यक्ष ओलीका कारण चुनावमा जनलहर व्यापक देखियो। केपी शर्मा ओली सरकारले गरेका जनहितका कामहरुको निकै ठूलो प्रभाव परेको छ।

गठबन्धन सरकारका देश र जनता विरोधी कामका कारण पनि ओली सरकारको हाइहाइ भएको हो। महाकालीमा मारिएका जयसिंह धामी चुच्चे नक्सा बुच्चे बनाएका र प्रदेश सरकारमा ७ मन्त्रालय बनाउनु पर्नेमा  १४ भन्दा बढी मन्त्रालय र मन्त्री बनाएर ब्रह्मलुट गरिएको छ। त्यसैले यस चुनावमा ओली लहरले देश एमालेमय भएको देखिन्छ।

तर,  यस लहरलाई नेता र अगुवा कार्यकर्ताले यस लहरलाई राम्ररी जनस्तरमा फैलाउन नसकेको विश्लेषक डा. बद्रीविशाल पोखरल बताउनुहुन्छ। उहाँले यसै लेखकसित कुरा गर्दा ९० प्रतिशत एमाले नेता र अगुवा कार्यकर्ता जबजको लयमा चलेका छैनन्। ओलीले जबजको लयमा पार्टी सञ्चालन गर्न खोजे पनि ओलीका वरिपरि फनफनी घुम्ने नेता नै राम्रो भन्दा हाम्रोलाई टिकट दिलाउन ज्यान फालेर लागेको बताउनुहुन्छ।

नभन्दै सुनसरीमा यसखालका भद्दा दृश्यहरु  आफैँले घरदैलो कार्यक्रममा हिँड्दा साथीहरुबाट थाहा पाएकी छु। स्थानीय सरकारको नेतृत्व गरेका प्रमुख र उपप्रमुख तथा वार्ड अध्यक्षहरुले राम्रा काम गरेको भए ओली लहर अझ प्रभावकारी हुन्थ्यो तर धेरै ठाउँमा  त्यस्तो हुन सकेन। जित्दा पनि अत्यन्त मुस्किलले जित्ने अवस्था देखिन्छ, हार्ने संभावना धेरै देखियो।

जबजले जनताको मन जितेर नेतृत्व लिनु पर्छ भनेको छ तर नेता र जन प्रतिनिधि जनता र कार्यकर्ताको मन घोच्ने खालको छ। अझ आर्थिक भौतिक लोभमा परेको छ र त्यसमा फसेकै छ। मनकारी नेता र उम्मेदवार भए  चुनावमा कार्यकर्ता र जनता उत्साहित भएर लाग्थे त्यसैले कतिपय ठाउँमा  झिनो मतले पनि एमालेले  हार व्यहोर्नु पर्ने पनि हुनसक्छ। केही दिनपछि पदमुक्त हुने जनप्रतिनिधिका गलत गतिविधि र रवैयाका कारण चुनावमा हार हुनसक्छ।

मौका पाएर पनि राम्रो काम गर्न खोज्दा बाधा दिने र समयको पूरै सदुपयोग गर्न नसकेको पालिका इटहरी पनि हो। जसरी ओलीले पाएको मौका पूरै सदुपयोग गर्दा  देश एमालेमय भयो। यसको मतलव गर्दा हुन्छ र गर्ने सोच हुनुपर्‍यो। तर उपयुक्त स्थानमा उपयुक्त मानिस नहुँदा सुरुदेखि नै राम्रो काम हँुदैन र भएन।  इटहरीमा भने २०७४ सालको पहिलो स्थानीय निर्वाचनबाट एमालेबाट जितेकी उपप्रमुखका कारण इटहरीमा पहिलो  गाँसमै ढुङ्गो हुन गएको हो।

उपप्रमुखले बारबार अनेक बाधा व्यवधान गरे पनि नगर प्रमुख द्वारिकालाल चौधरीको इमान्दार रुपमा विकास निर्माणका  धेरै महत्वपूर्ण काम पनि गरे। यो कुरा इटहरीले नै बताउँछ र उपप्रमुखका अराजक गतिविधि र व्यवहारबारे पनि इटहरी जानकार छ।

इटहरी उपमहानगर पालिकाको पहिलो निर्वाचनमा पार्टीबाट टिकट पाउने बित्तिकै उपप्रमुखकी उम्मेदवारले नगर प्रमुखका लागि टिकट पाएका  आफ्नै पार्टीका जिल्ला पार्टी अध्यक्ष प्रमुख द्वारिकालाल चौधरी विरुद्ध तथानाम गर्न थालिन्।

उपप्रमुखले चौधरीका तुलनामा आफूलाई उच्च तहको, घरानियाँ,  बौद्धिक तथा  स्थानीय विकास निर्माणमा राम्रो काम  नेता बताउन थालिन् र चौधरीलाई सकेसम्म खुइल्याउन थालेको त्यति बेलै थाहा भएको थियो। पदबहाली गरेपछि उपप्रमुखको रवैया अझ बढेर जान थाल्यो।

चौधरीले निर्माण गरेको बजेटमा लिखित सहमति लेख्ने नगर सभामा पनि  विपक्षी पार्टीका वडा अध्यक्ष तथा सदस्यका सामु प्रमुख विरुद्ध विचार व्यक्त गर्ने जस्ता अराजक गतिविधि गरेको नगरपालिकाबाट  सेवानिवृत्त वरिष्ठ स्वास्थ्यकर्मी  रामचरण चौधरीले  पनि बताउनु भएको थियो।

इटहरीको नगर प्रमुख चौधरीले राखेको  रिङरोड बनाउने प्रस्ताव समेत असफल बनाउन नेकाका वार्ड अध्यक्षसित सहयोग माग्न लक्ष्मी गौतम  पुगेको थाहा भएको छ। गौतम विकास निर्माण लगायत उनका मातहतका काम गुपचुपमा गर्ने गरेको थाहा भयो। उपसमितिहरु गठन गरी पारदर्शी रुपमा  काम गर्न नचाहने गौतमको खराब बानी रहेछ।

इटहरीका वरिष्ठ सर्जकले यस क्षेत्रलाई अति हेलाहोचो गरेपछि संविधान अनुसार पालिकाले सिर्जना परिषद् वा प्रज्ञा प्रतिष्ठान गठन गर्न गरिएको आग्रह र अनुरोधलाई गौतमका कारण तीन वर्षभन्दा बढी पूरै बेवास्ता गरियो। अति भएपछि म आफैँ अघि सरेर पालिकाको मूल गेट अगाडि कालो ब्यानर टाँगेर विरोध गर्न बाध्य भइयो।

यसमा कृष्ण नेपाल, गायत्री लम्साल,सुष्मा तिम्सिना,प्रा.डा. बद्रीविशाल पोखरेल लगायतले पूरै सहयोग गर्नु भयो। यसपछि इटहरी पालिकाले प्रतिष्ठान गठन गर्न बाध्य भयो। यस विषयमा युवा, बाल,  विद्यार्थी र खेलाडीले आफ्ना क्षेत्रमा उपसमिति गठन गरेर कामै नगरेको गुनासो गरे।

एक इमान्दार इन्जिनियर अर्जुन दाहालले उपप्रमुख लक्ष्मी गौतमका कारण आफू स्वाभिमानका साथ पदीय हैसियतका साथ नगरपालिकामा कार्यरत रहन नसक्ने कारण सहित राजिनामा दिन बाध्य भए। एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीको पूरै आडभरोस पाएर लक्ष्मी गौतम यसरी अराजक हुन पुगेको त स्वयं दाहाल बताउँछन्।

। इटहरी उपमहानगर पालिका उप मेयरका कारण भद्रगोलमा परिणत भएको छ। उपप्रमुखको जनसेवाका काममा ढिलासुस्ती, अन्तर्मनबाट अरुचि, तथा अराजक व्यवहारका एमालेको बदनामी भएको छ।

वार्ड ६ को खेती खोलामा बन्दै गरेको बाटो समेत उपप्रमुखका कारण बन्न नसक्ने अवस्था रहेको सम्बन्धित वडाका बाटो निर्माणका अगुवा बताउँछन्। उपप्रमुखले कुनै पनि काममा  एक न एक झिनामसिना विवाद उल्झाएर कामलाई कृत्रिम रुपमा अड्काउने गरेको स्थानीय टोलका जनता बताउँछन्। यस्ता विषयमा पार्टी स्वयंले अध्ययन गर्दा थाहा हुन्छ।

नगरप्रमुख भएर आएपछि द्वारिकालाल चौधरीले बरु सबैखालको अनियमितता रोक्नका लागि केही कडा कदम चालेका थिए। सेवाग्राहीको काम गर्दा केही न केही हात पार्ने बानी परेका केही कर्मचारीले कारबाहीसमेत भोगेका थिए।

बरु उपमेयरले नै  प्रत्यक्ष वा परोक्ष रुपमा र नीतिगत रुपमा केही  विवादास्पद काम गरिन्।  सबै सेवाग्राहीलाई एक समान व्यवहार वरिष्ठ इन्जिनियर दाहाललाई देखिनसहने उपप्रमुख एक विचौलिया कर्मचारीका भरमा नितान्त निजी स्वार्थ सिद्ध गर्न लगेको  सेवाग्राही जनता बताउँछन्।

भवन निर्माण  सम्बन्धी आचार संहिता बनेको एक महिना भित्र उपप्रमुखको संयोजकत्वमा समिति बनाउनुपर्नेमा उपप्रमुखकै बेवास्ताका कारण  बनाइएन। यसले गर्दा ठूला ठूला विकास र निर्माणका काममा अल्झो र उल्झन उत्पन्न भएर  सेवाग्राही हैरान  भए। आफैँ संयोजक हुनु पर्ने  समिति समयमै गठन नगरी  काममा अनावश्यक ढिलाइ गर्ने यता सेवाग्राही चरम समस्या र अल्झन गर्ने गरेको गुनासो व्याप्त बनेको देखियो। यही सिलसिलमा  इटहरी उपमहानगर पालिका १७ नं. भाटभटेनीको नव निर्मित संरचना सम्बन्धी काम पनि लामो समयदेखि  असरल्ल परेर  अल्झिएको पहिले आए भन्दा ठूलै गुनासो कार्यपालिका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल समक्ष टेबुलमा आयो।

दाहालले भाटभटेनी जस्ता हजारौँ जनालाई रोजगार दिने संस्था इटहरीमा आउनु र र तिनले नगरपालिकाबाट उल्टो दुःख र सास्ती पाउनु अत्यन्त अनुचित ठहर गरेर नगर प्रमुख, कार्यकारी अधिकृत  सित समेत सरसल्लाह गरी विधिसम्मत रुपमा निर्माणको काम सुचारु गर्ने बाटो खोलिएको अर्जुन दाहाल बताउँछन्।

यही विषयमा कानुनविद् रेवती भण्डारीसित सरसल्लाह गरेर बाधा फुकाउ अड्काउ अन्तर्गत रहेर भाटभटेनी निर्माण सम्वन्धी कामको बाधा दूर गरियो। यही विषयलाई उपप्रमुखले उल्झाउन खोजेपछि  भण्डारीले आफ्नो पूर्व सल्लाह,अडान र सुझाव छाडिदिए पछि समस्या बल्झिएको बताइन्छ।  भण्डारीको दोहोरो चरित्र कति जटिल बन्छ भन्ने यो एउटा उदाहरण हो।  

जनसेवाका काममा आवश्यक अग्रसरता उत्प्रेरणा उपप्रमुखमा नरहेको व्यापक गुनासो रहेको छ। इटहरी चोकमा सार्वजनिक शौचालय स्थान छनौट गर्न पनि उपप्रमुखकै कारण एक वर्ष ढिलाइ भएको खोजी गर्दा यस लेखकलाई अवगत भएको हो। यस काममा  अहिले वार्ड ६ का अध्यक्ष दीपक गौतमका जिम्मेवारी बोधका साथ शौचालय सम्बन्धी काममा सक्रिय रहेका छन्।

निर्वाचित जनप्रतिनिधि आउनु भन्दा अगावै प्रमुख तथा उपप्रमुख कार्यकक्ष निर्माण सम्पन्न भैसकेको थियो। नगर प्रमुख सहित सबैले विधि र प्रक्रियामा समान्य केही कमजोरी भए पनि बनिसक्यो जन्मिसक्यो अब यसलाई रोकेर सेवाग्राहीलाई अनावश्यक दुःख दिनु हँदैन भनेर आवश्यक रकम निकासा गरिदिने मानसिकता बनाए। तर उपमेयरले अनावश्यक बखेडा गरेर करीव तीन वर्षदेखि भुक्तानी रोकिदिएर हैरान बनाएको निर्माण व्यवसायी रामचन्द्र मटियैत बताउँछन्।

उपमेयरले वडा नं ३ मा १३ बिघा जमिन सिचाइ हुने पानी स्रोत समाप्त पार्ने गरी सिमसरमा जग्गा कारोबारीका नितान्त हितमा पुल बनाउन सिफारिस दिएको विषय तत्काल उजागर भएको थियो।   इटहरी वार्ड नं. ९ स्थित डिभिएम स्कूलले ओगटेको चार बिघा सरकारी जमिन पालिकाको अधीनमा नगर प्रमुख चौधरीले ल्याउन खोज्दा उपमेयर उदासीन, अन्यमनष्क र बेचैन बनिन्। यस्ता काममा उनी अनेक बहाना गरेर अनुपस्थित हुने गरेकी छिन्।

इटहरी आसपासका पालिकाले कला साहित्य र साहित्यका लागि वार्षिक  पचास लाख बजेट विनियोजन गरे तर इटहरीमा यस विषयमा पूरै उपेक्षा गरिएको छ।

त्यति मात्र होइन शिक्षा विषयमा सिन्को पनि भाँचिएन। बजेट बरु फ्रिज भयो तर काम अगाडि सारिएन।

कहाँ–कहाँ कसरी आफूलाई शुभलाभ हुन्छ। त्यहीँ मात्र उपप्रमुखको ध्यान गयो। अधिकृत स्तरका कर्मचारीको काममा नासु सरहका माया राईको हालीमुहाली गराइयो  । यो त अलिकति मात्र चुहेको विषय हो। इटहरी पालिकामा उपप्रमुखले मार्फत्  भए गरेका काला मर्तुतहरुको चाङहिमाल भन्दा अग्लो  रहेको छ।

पार्टी र सिद्धान्तलाई सर्वोपरि मान्ने जोसुकैले यस्ता कुरा कुनै पनि डरधाक धम्की बिना भन्न सक्छन्। सर्वनाश हुनुभन्दा पहिले भन्दा जाृेगिन र जोगाउन  सकिन्छ। त्यसैले बेलैमा भनिएको हो ,। वरिष्ठ इन्जिनियर दाहालले याम सुब्ब्बालाई भनेझैँ फेरि पनि इटहरी  पालिकामा रेवती र गौतमको हालीमुहाली चल्ने हो भने राम राम मात्र भन्न सकिन्छ।

(चेलीको चिरहरण कृतिकी लेखक पोखरेल अनेम संघ केन्द्रीय सदस्य हुन्  ।)  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .