ad ad

अपराध


ललितपुरमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

ललितपुरमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

नेपालखबर
असार १४, २०७९ मंगलबार १५:६, काठमाडौँ

ललितपुरको इमाडोल–लुभु सडक खण्डमा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने वर्ष ५३ को श्यामकृष्ण श्रेष्ठ रहेका छन्।

श्रेष्ठले चलाएको प्रदेश३–०२–०१२प ६२४१ नं. को रातो रङको स्कुटर चेकजाँच गर्ने क्रममा सो स्कुटरको डिकीभित्र रातो रङको कपडाको झोला भित्र पेस्तोल र गोलीसमेत फेला परेको ललितपुर प्रहरी परिसरले जनाएको छ।

प्रहरीले श्रेष्ठलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

उनको साथबाट पेस्तोल थान–१, खाली म्याग्जिन, पेस्तोलमा लाग्ने गोली (वुलेट) थान–२, रातो रङको स्कुटर र मोबाइल बरामद भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .