ad ad

अपराध


आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा एक जना प्रक्राउ

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा एक जना प्रक्राउ

सुमन पुरी
असार १८, २०७९ शनिबार १५:३५, विराटनगर

श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएको आरोपमा तिलक मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीलाइ हत्या गरेको आरोपमा मोरङ रङेलीका मल्लिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङको रंगेली - १ मा शुक्रबार राति करिब १० बजे स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी श्रेष्ठले बताए।

‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ,’ उनले भने। आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो।

उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो। घरमा उनीहरु दुई जनामात्र बसोबास गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .