ad ad

अपराध


सशस्त्र प्रहरीद्वारा २ क्वीन्टल गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा २ क्वीन्टल गाँजा बरामद

शैलेन्द्र महतो
साउन २, २०७९ सोमबार ९:२८, काठमाडौँ

सशस्त्र प्रहरीले रौतहटबाट ठूलो परिमाणमा अवैद्य लागुऔषध गाँजा बरामद गरेको छ। 

रौतहटको राजपुर नगरपालिका ६ स्थित बगैँचामा पार्किङ गरी राखिएको डीएल ४ सिएनडी लेखिएको ७२२९ नम्बरको भारतीय स्कारपियो १ क्वीन्टल ९२ किलो ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो। 

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फतुवाबाट प्रहरी निरीक्षक विनय श्रेष्ठको नेतृत्वमा खटेको प्रहरीको टोलीले आइतबार राति १० बजे विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए। 

उनका अनुसार स्कारपियोमा १३ वटा प्लास्टिकको पोकामा १४ किलो आठ सय ग्रामको दरले गाँजा राखिएको थियो।

गाँजा बरामद भएको घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .