ad ad

अपराध


मोरङबाट अपहरणमा परेकी बालिकाको भारतमा उद्धार, अपरहणकारी बुवाकी प्रेमिका

मोरङबाट अपहरणमा परेकी बालिकाको भारतमा उद्धार, अपरहणकारी बुवाकी प्रेमिका

सुमन पुरी
साउन ४, २०७९ बुधबार १४:४७, विराटनगर

मोरङको बुढीगंगा गाउँपालिका–१ का दीपेन्द्र यादवका एक वर्षीया छोरीको भारतबाट उद्धार गरिएको छ। 

यादवकी छोरी अपहरण गरेर भारत पुर्याएको आरोपमा प्रहरीले अञ्जली साहलाई पक्राउ गरेको छ। दिपेन्द्रको छोरी लिएर अञ्जली दुई दिनअघि विराटनगरको रोड शेषचोकबाट फरार भएको प्रहरीले जनाएको छ।

दिपेन्द्रकी छोरीसहित फरार भएकी साहलाई मोरङबाट खटिएको प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर आज विहान विराटनगर ल्याएको हो।

प्रहरीले दरभंगाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए।

‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुलेको छैन, अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि बच्चा लैजानुको कारण खुल्नेछ। अहिले हामी अनुसन्धानको क्रममा रहेका छौँ।’

साउन २ गते सोमबार अञ्जली रोडशेष चौकबाट प्रेमी दीपेन्द्रलाई झुक्याएर बालिकालाई लिएर फरार भएकी थिइन्। बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको छ।

पेसाले मेकानिकल इन्जिनियर रहेका यादवको तीन वर्षअघि सप्तरी राजविराजकी ममता यादवसँग विवाह भएको थियो।

छोरी जन्मिएपछि ममता बीबीए पढ्न काठमाडौँ गइन्। एक वर्ष तीन दिनकी छोरीलाई हजुरबुबासँगै छोडेर उनी काठमाडौँ गएकी थिइन्। ममता र उनका श्रीमानबीच निरन्तर संवाद र भेटघाट भइरहेको थियो।

श्रीमती बाहिर गएको बेला यादवको सामाजिक सञ्चालनमार्फत अञ्जलीसँग भेट भएको थियो। त्यसपछि उनीहरू नजिकिएका थिए। प्रेम सम्बन्धमा बाँधिएका यादव र अञ्जलीबीच निरन्तर भेटघाट हुने गरेको थियो। दुवै जना प्रेममा गाँसिएपछि यादवलाई अञ्जलीले निरन्तर बोलाउने गर्थिन्।

भेटघाट बाक्लै हुँदै थियो। यादवले छोरीलाई विराटनगर १२ रोड शेष चौकमा ल्याएर खाजा खुवाउने क्रममा अञ्जलीले औषधि किन्ने बहनामा छोरीलाई लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .