अपराध


गाँजासहित धनगढीमाईबाट वृद्धि पक्राउ

गाँजासहित धनगढीमाईबाट वृद्धि पक्राउ

नेपालखबर
असार १६, २०८३ मंगलबार १४:७, जनकपुरधाम

सिरहा प्रहरीले १४ किलोग्राम गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार धनगढीमाई नगरपालिका–३ कुर्वा टोलका ६५ वर्षीय जोगिन्द्र साह पक्राउ परेका छन्। गाँजा लुकाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

घरमा छापा मार्दा १४ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad