ad ad

अपराध


चितवनमा खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ

चितवनमा खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार ११:७, चितवन

चितवनको माडीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ। आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको हो। 

हत्यामा संलग्न आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको छ भने घटनास्थलमा खुकुरी भेटिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .