ad ad

अपराध


नक्कली नोटसहित रौतहटमा पक्राउ परे ६ जना

नक्कली नोटसहित रौतहटमा पक्राउ परे ६ जना

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ११:४७, रौतहट

मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नक्कली नोट बरामद भएको छ। 

नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुशवाहासहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो। 

साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका–६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाइराखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .