राजनीति


कूटनीतिक विषय ढोल बजाएर समाधान हुँदैन: रवि लामिछाने

कूटनीतिक विषय ढोल बजाएर समाधान हुँदैन: रवि लामिछाने

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार २०:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन्। 

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सीमा समस्या समाधान ढोल बजाए जसरी हल्ला गरेर समाधान नहुने बताए।

‘कुनै पनि कुराहरू दुई देशको कूटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्त्वपूर्ण हुन्छन्। त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ लामिछानेले भने, ‘तर ढोल नबजाइकन आफ्नो देशको बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा सरलवद्ध तरिकाले गर्नुपर्ने हुन्छ।’

सीमा समस्याका विषय उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने उनको भनाइ थियो। उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारत समेत तयार रहेको उनले बताए। 

‘कुनै पनि कामका चरणहरू हुन्छन्। त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ,’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad