ad ad

अपराध


आत्महत्या अघि रूँदै लाइभ बसेकी थिइन् अभिनेत्री आकांक्षा

आत्महत्या अघि रूँदै लाइभ बसेकी थिइन् अभिनेत्री आकांक्षा

नेपालखबर
चैत १३, २०७९ सोमबार ११:५२, काठमाडौँ

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले आत्महत्याको केही घण्टाअघि सामाजिक सञ्जालमा लाइभ बसेर आफ्नो दुःख पोख्ने प्रयत्न गरेको भिडियो सार्वजनिक भएको छ।

इन्स्टा लाइभमा आकांक्षाले आफूमै सीमित राखेको पीडा पोख्ने प्रयास गरेकी थिइन्। उनको मृत्युपछि उक्त भिडियो भाइरल भैरहेको छ। सार्वजनिक भिडियोमा आकांक्षाले रुवाइको आवाज हातले दबाएकी छिन्। उनको आँखामा आँसु देखिन्छ।

No description available.

आकांक्षको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनले के कारणले आत्महत्या गरिन् भन्ने खुलिसेकको छैन। आकांक्षाले उक्त भिडियोमा आत्महत्या गर्नुका त्यस्ता केही कारण पनि खुलाएकी छैनन्। 

तर भारतीय मिडियाले उनी एक भोजपुरी गायकसँग 'लिभ-इन' सम्बन्धमा बस्ने गरेको र ती गायकको दुर्व्यवहारबाट विक्षिप्त भएको दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यम अमरउजालाले प्रहरी स्रोतलाई उल्लेख गर्दै आकांक्षा वाराणसीको तक्तकपुर क्षेत्रमा ती गायकसँग सम्बन्धमा रहेको दाबी गरेको छ।

भिडियोले उनको मृत्युमाथि थुप्रै प्रश्न उठाएको दाबी गर्न सुरु गरिएको छ। यद्यपि यो दाबी पुष्टि भने भइसकेको छैन।

उनका फ्यानले प्रश्न उठाएपनि आकांक्षाको पीडाका बारेमा भने मेसो पाएका छैनन्। मृत्युअघिका केही पोस्टमा उनले हाँसेका तस्वीर राखेको पनि देख्न सकिन्छ।

आकांक्षा सन् २०१८ देखि डिप्रेसनमा रहेको उल्लेख गरिएको छ। डिप्रेसनकै कारण उनले केही समय अभिनय छाडेकी थिइन्।

डिप्रेसनबाट बाहिर निस्किएर काममा फर्किएकी आकांक्षाले जीवनको अध्यारो समयमा आमाले आफूलाई बाहिर निस्कन मद्दत गरेको बताएकी थिइन्। आकांक्षा भोजपुरी उद्योगमा निकै लोकप्रिय छिन्। 

आकांक्षा दुबेले बनारसको सारनाथ थाना क्षेत्रमा रहेको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेकी हुन्। आकांक्षाको आत्महत्याका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .