अपराध


जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवक मनमैजुबाट पक्राउ

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवक मनमैजुबाट पक्राउ

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १७:४३, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक युवकलाई प्रहरीले सोमबार काठमाडौँको मनमैजुबाट पक्राउ गरेको छ। 

गोखराको सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँको तार्केश्वर नगरपालिकास्थित मनमैजुमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङलाई सोमबार पक्राउ गरिएको हो। उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थिए। 

हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरणको मुद्दामा जिल्ला अदालत, काठमाडौँले २०८१ भदौ २८ मा सबिनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनलाई फेरि पक्राउ गरेर केन्द्रीय कारागारनै पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad