अपराध


शाखा अधिकृत भन्दै ठगेको आरोपमा २३ वर्षीय युवक पक्राउ

शाखा अधिकृत भन्दै ठगेको आरोपमा २३ वर्षीय युवक पक्राउ

नेपालखबर
पुस ८, २०८२ मंगलबार १८:२२, काठमाडौँ

शाखा अधिकृत भन्दै कर्मचारी बनेर सिंहदरबार लगायतका सरकारी कार्यालयमा क्षेत्रमा अनुचित फाइदा लिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका–२२ झोछेमा बस्ने २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

समनले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरेको पाइएको प्रहरीले जनाएको छ। सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाएर प्राप्त नगरेको ओहदाको परिचय देखाई फाईदा लिन खोज्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको आचार्यले बताए। 

सरकारी छाप तथा लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ। 

उनले सिंहदरबार लगायत अन्य सरकारी निकायमा गएर शाखा अधिकृत भन्दै परिचय दिने गरेको, आफै उपस्थित भएर तथा फोनबाट सरकारी कर्मचारी भन्दै सर्वसाधारणलाई प्रभाव पार्ने गरेको र आर्थिक लाभ लिएर विभिन्न व्यक्तिलाई जागिरमा लगाइ दिने भनेर झुक्याउने गरेको प्रहरीको भनाइ छ। 

प्रहरी टोलीले उनको साथबाट बागमती प्रदेश लोक सेवा आयोगको कार्याल्यबाट शाखा अधिकृत पदमा नियुक्ति गरेको भन्दै देखाउने गरेको नियुक्ति पत्र, शिक्षा मन्त्रालयका अधिकृत पदमा नियुक्ति पुष्टि सम्बन्धी पत्र, शिक्षा मन्त्रालयबाटै जारी गरेको परिचयपत्र र अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धी पत्र बरादम गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad