अपराध


स्रोत नखुलेको भन्दै २० लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको भन्दै २० लाख रुपैयाँसहित एक जना पक्राउ

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १४:२४, काठमाडौँ

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको भन्दै वीरगन्जबाट एक जनालाई २० लाख रुपैयाँ सहित पक्राउ गरेको छ। 

शुक्रबार वीरगन्ज महानगरपालिका-१६, भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्मले वीरगन्ज-१७ का ५० वर्षीय विनयशंकर साहलाई पक्राउ गरेको हो। 

भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर राखेको रकम भेटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले बताए। 

उनले ल्याएको पैसाको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको भट्टको भनाइ छ। उनको साथबाट २० लाख २ हजार ५० रुपैयाँ र ६ सय भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। 

सशस्त्र प्रहरीले बरामद गरिएको सामान र नगद रकमसहित उनलाई भन्सार कार्यालय, वीरगन्जको जिम्मा लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad