राजनीति


रास्वपा बागमतीको सभापतिमा चार नेताको दाबी

रास्वपा बागमतीको सभापतिमा चार नेताको दाबी

सुनिता विष्ट
जेठ २६, २०८३ मंगलबार १८:४५, हेटौंडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा चार जना दाबेदार देखिएका छन्। 

हेटौँडामा मंगलबार सुरु भएको पहिलो अधिवेशनमा निर्वतमान प्रदेश सभापति एवं सांसद अच्युतम लामिछानेदेखि सांसद बदन भण्डारीसम्मले दाबी गरेका छन्। यस्तै धादिङका कृष्णमान शाक्य र मकवानपुरका उत्सव अर्याल पनि सभापतिको दाबेदार हुन्छ।

लामिछाने नुवाकोट-२ बाट निर्वाचित सांसद समेत हुन् भने भण्डारी काभ्रे-२ बाट निर्वाचित सांसद हुन्। भण्डारी रास्वपाको सार्वजनिक मामिला विभागका सचिव हुन्। 

शाक्य धादिङका नेता हुन्। मकावनपुरका अर्याल यसअघि प्रदेश कमिटीका प्रवक्ता थिए।

चार जनाबीच सहमति नजुट्दा निर्वाचन हुन लागेको रास्वपाले जनाएको छ। सभापतिसहित अन्य पदाधिकारी र सदस्यका लागि समेत निर्वाचन प्रक्रिया हुन लागेको रास्वपा नेताहरूले जानकारी दिए। 

रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ।

त्यस्तै, दुई जना सहमहामन्त्री रहनेछन्। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ। 

विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad