राजनीति


आलोचना भएपछि बालेनपत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले बोकेको ब्याग मेरो होइन

आलोचना भएपछि बालेनपत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले बोकेको ब्याग मेरो होइन

नेपालखबर
असार १०, २०८३ बुधबार २१:४२, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको बताएकी छन्।

काफ्लेले आफ्नो झोला सुरक्षाकर्मीलाई बोकाएको भन्दै आलोचना भएपछि उनले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् स्पष्टीकरण दिएकी हुन्।

‘समाचार लेख्नु अघि घटनाको सत्यता बुझ्न जरुरी छ जस्तो लाग्छ। किनकि जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो,’ उनले लेखेकी छन्, ‘तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ।’ उनले यसलाई नियोजित पनि भनेकी छन्।

‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ। देशको चौथो खम्बा भनिएको मिडियाको समाज निर्माण र राजनीतिक विश्लेषणमा एकदमै ठूलो भूमिका हुन्छ। र, गैरजिम्मेवार ढंगले यसरी समाचार बनाएर कसैको मानहानी गर्नु गैरकानुनी हो, जुन सुधारिन जरुरी छ,’ उनले लेखेकी छन्।

काफ्लेले विगत केही समयदेखि आफूलाई पुराना श्रीमती पात्रहरू दाँजेर समाचार बनाइएको पनि बताएकी छन्। त्यसमा बोल्न पर्छजस्तो नलागेको तर ब्यागको विषयमा भने चुप बस्नु हुँदैन भनेर स्टाटस लेखेको उनले खुलाएकी छन्।

उनले समाचार लेख्ने पत्रकारहरूलाई सुधारिन पनि भनेकी छन्। ‘बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानिका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ। र, यस्ता समाचार लेख्ने लेखनमा संलग्न पत्रकारहरूले सुधारिनु पर्छ भन्न चाहन्छु,’ काफ्लेले लेखेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad