समाज


राशिफल १० असार: वृष प्रेममा सफल, कन्याको रमाइलो यात्रा हुने, तपाईँको के?

राशिफल १० असार: वृष प्रेममा सफल, कन्याको रमाइलो यात्रा हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार १०, २०८३ बुधबार ४:८, काठमाडौँ

बुधबार, १० असार २०८३ (२४ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ काम सुरु गर्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आँटे-ताकेको कार्य पूरा होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: नियमित खर्च बढ्ने योग छ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। साँझमा प्रेम जीवन सबल र सफल हुनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मिथुन: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। नयाँ कामको सुरुआत हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन। समयको सही सदुपयोग हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: धार्मिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। अलग हुनु विशेष हुनु हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या: रमाइलो यात्राको योग छ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुनाको आगमन हुने सम्भावना छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। सपना देख्ने आँखा कमजोर हुँदैनन् भन्ने कुरालाई ध्यानमा राख्नुहोला।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: अरूको मन जित्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। धन हात पर्न सक्छ। खानपान र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिएर कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

धनु: जोस, जाँगर र हिम्मत बढ्नेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ। स्थिर सोच र शान्ति सफलताको कडी हो भन्ने नबिर्सनु होला।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: कहीँकतैबाट कुनै उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वाहन वा भूमिबाट लाभ रहला। भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार भन्ने बुझ्नु पर्छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। सहकर्मीले विरोध गर्न सक्छन्। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। पुँजी बजारमा नोक्सानी हुन सक्छ। आँटेको काममा ढिलासुस्ती होला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेमीको सहयोग रहनेछ। साँझमा भने झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad