विदेशीलाई नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका ५ का वडाअध्यक्ष महानन्द मंडल पक्राउ परेका छन्।
रंगेली–५ बस्ने मनुवा कुमार महतोले आमा अधनुनिया महतो हो भनि झुटो विवरण पेस गरेको र सोही विवरणको आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको वडाअध्यक्ष मंडलमाथि आरोप छ।
मोरङ प्रहरीले ५५ वर्षीय वडाअध्यक्ष मंडल र रोहवरमा बस्ने सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश रिषिदेवलाई पक्राउ गरेको हो।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जनाएका छन्।
210
Shares

प्रतिक्रिया