लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्।
सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले ‘स्विप अप्रेसन’का क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले सेवाग्राहीलाई ‘फास्ट ट्रायल’मा काम गरिदिने बहानामा अनावश्यक हैरानी, सास्ती दिने र अवरोध सिर्जना गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका १५ जनालाई प्रहरी वृत्त, सातदोबाटोमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।
216
Shares

प्रतिक्रिया