अपराध


एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा ३ युवक पक्राउ

एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा ३ युवक पक्राउ

नेपालखबर
चैत ७, २०८२ शनिबार १५:१५, सुर्खेत

सुर्खेतमा एम्बुलेन्स चालकमाथि कुटपिट गरी एम्बुलेन्स तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

वीरेन्द्रनगर नगरपालिका-११ का २० वर्षीय प्रविण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विक रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए। 

उनकाअनुसार गए राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका-११ स्थित सादिखोला नजिक सल्यानको कुमाङ गाउँपालिकाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई रोकेर चालकलाई कुटपिट गरिएको थियो। त्यस्तै, एम्बुलेन्समा तोडफोड भएको थियो। 

चालकले प्रहरीमा जानकारी गराएपछि तत्काल खटिएको प्रहरी टोलीले खोजी कार्य अघि बढाएको थियो। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। यस्तै, एम्बुलेन्स गन्तव्यतर्फ गइसकेको डीएसपी बुढथापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad