प्रवास


अमेरिकामा नेपालीमूलका भण्डारीलाई ‘एक्सपोर्टर अफ द इयर अवार्ड’, बाइडेनले दिए बधाई

अमेरिकामा नेपालीमूलका भण्डारीलाई ‘एक्सपोर्टर अफ द इयर अवार्ड’, बाइडेनले दिए बधाई

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १०:४५, काठमाडौँ

अमेरिकामा नेपालीमूलका एकजना व्यवसायी राज के भण्डारीलाई ‘एक्सपोर्टर अफ द इयर अवार्ड’ मिलेको छ।

उनले सञ्चालन गरेको साइनसिक्स नामक व्यवसायलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरेका हुन्। 

अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसिक्सलाई उक्त अवार्डका लागि छनौट गरेको थियो। 

नर्थ क्यारोलाइनमा मुख्यालय रहेको यस कम्पनीका सञ्चालक राज के भण्डारी हुन्। यो कम्पनीका अपरेशन म्यानेजर पनि नेपालीमूलकै रञ्जन कार्की छन्। 

साइनसिक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेतारूलाई अप्रिल ३० देखि मे २ सम्म वासिंगटन डिसीमा सम्मानित गरिएको हो। 

ह्वाइट हाउसमा आयोजित कार्यक्रमका क्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसिक्स टोलीलाई बधाई दिए। 

कम्पनीलाई एसबीएले आयोजना गरेको राष्ट्रिय साना व्यवसाय सप्ताहका क्रममा ह्वाइहाउसमा सम्मान गरिएको हो। यस कार्यक्रममा अमेरिकाभरका साना व्यवसायहरूको उपलब्धि र योगदानलाई सम्मान गरिन्छ।

एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसिक्सका सञ्चालक राज, रञ्जन र लिसालाई बधाई दिन पाउँदा खुसी भएको बताएकी छन्। 

सन् १९८५ मा यो कम्पनीको स्थापना भएको हो। यसले हाई पर्फमेन्स लिक्विड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू बनाउँछ।

जसको प्रयोग औषधिको परीक्षण, प्रदूषण विश्लेषण र कीटनाशक पत्ता लगाउन गरिन्छ। यो कम्पनीको मुख्यालय नर्थ क्यारोलिनामा छ भने मिनेसोटामा कारखाना खोलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .