ad ad

प्रवास


सवारी दुर्घटनामा धनकुटाका रविनले मलेसियामा ज्यान गुमाए

सवारी दुर्घटनामा धनकुटाका रविनले मलेसियामा ज्यान गुमाए

नेपालखबर
चैत १, २०८० बिहिबार १८:३९, काठमाडौँ

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका धनकुटा नगरपालिका-७ टोड्केका रविन विश्वकर्माको सवारी दुर्घटनामा ज्यान गएको छ।

मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको दुर्घटनामा यही आइतबार मृत्यु भएको हो।

राति करिब ९ बजे मोटरसाइकलमा साथीलाई कोठा पुयाउन जाँदै गर्दा ट्याङ्करको ठक्करबाट रविनको मृत्यु भएको हो। 

उनको शवलाई पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेर नेपाल पठाउने तयारी भएको छ।

११ वर्षअघि मलेसिया पुगेका रविनले केही महिनापछि घर फर्किने तयारीमा थिए।

पतिको निधनपछि यता घरमा श्रीमती कल्पनासहित परिवारका सदस्य स्तब्ध भएका छन्। घर आउँछु भनेर खबर पठाएका रविन बितेपछि उनीहरूको घरको मूल सहारा नै टुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .