पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ। नेपाल आयल निगमले आज (बुधबार) विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखिएको जानकारी दिएको हो।
अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रूपैयाँ छ। डिजेल/मट्टितेलको मूल्य १९५ रूपैयाँ प्रतिलिटर रहेको निगमले जनाएको छ।
निगमले केही महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावका कारण इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको पनि स्मरण गराएको छ।
177
Shares

प्रतिक्रिया