पोल्यान्डको पोजनान सहरमा ‘नेपाल महोत्सव’ सुरु भएको छ।
शनिबार जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले महोत्सवको उद्घाटन गरेका छन्। पोल्यान्डमा पहिलो पटक नेपाल महोत्सव आयोजना गरिएको हो।
हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाले महोत्सव आयोजना गरेको हो। नेपाली कला संस्कृति, परम्परा र पर्यटनको माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यले महोत्स्व आयोजना गरिएको हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाका कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन) बताए।











270
Shares

प्रतिक्रिया