Draft


पत्रकार शर्मामाथि कुटपिट गरिएकोप्रति महासंघको आपत्ति

पत्रकार शर्मामाथि कुटपिट गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
पुस ७, २०७६ सोमबार ९:३०,

नेपाल पत्रकार महासंघले बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई कुटपिट गरिएको घटनाप्रति ध्यााकर्षण भएको जनाएको छ।

शर्मालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरी घाइते बनाएको महासंघले आरोप लगाएको छ।

महासंघका अनुसार पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाई कुटपिट गराएका थिए।

कुनै पनि बहानामा पत्रकारमाथि गुण्डा लगाई कुटपिट गरिएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ भन्दै दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न महासंघले स्थानीय प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad