Draft


जनकपुरमा पैसा फाल्ने दुईमध्ये एक महिलाको यापिड टेस्ट रिपोर्ट पोजिटिभ, पीसीआर विधिबाट परीक्षण हुँदै

जनकपुरमा पैसा फाल्ने दुईमध्ये एक महिलाको यापिड टेस्ट रिपोर्ट पोजिटिभ, पीसीआर विधिबाट परीक्षण हुँदै

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १३:८,

 

जनकपुरमा बाटामा पैसा फालेर त्रसाको सिर्जाना गर्ने दुईमध्ये एकको ¥यापिड डायग्नोस्टिक टेस्टको रिपोर्ट पोजिटिभ देखिएको छ।

शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट पक्राउ परेलगत्तै प्रहरीले ती महिलालाई प्रहरीले पक्राउ गरेलगत्तै प्रदेश अस्पताल जनकपुमा लगेर ¥यापिड टेस्ट गराएको हो।

¥यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखिएपछि अहिले प्रदश अस्पतालमा ती महिलाको पीसीआर विधिबाट नमूना (स्वाब) परीक्षण भइरहेको प्रदेश अस्पतालको ल्याबका एक कर्मचारीले बताए।

शुक्रबार दिउँसो धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाटोमा शंकास्पद रूपमा नेपाली नोट (रुपैयाँ) फालेर ती महिला फरार भएका थिए।

ती महिलाले कोरोना भाइरसको संक्रमण फैलाउन बाटोमा त्यसरी नोट फालेको हुन सक्ने आशंका प्रहरीले ती नोट संकलन गरी प्रादेशिक अस्पतालमा पठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad