Draft


रौतहटमा गोली हानी पुजारीको हत्या अपडेट : कुकुरसहित प्रहरी टोली घटनास्थलमा

रौतहटमा गोली हानी पुजारीको हत्या अपडेट : कुकुरसहित प्रहरी टोली घटनास्थलमा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ४:५५,

रौतहटमा गोली हानी हत्या गरिएका पुजारीको शव उठाउने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुासर बुधबार राति अन्दाजी ९ बजेतिर पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानिएको हो।

‘अहिले हामी कुकुरसहितको टोली लिएर घटनास्थलमा छौं,’ डीएसपी श्रेष्ठले बिहीबार बिहान साढे १० बजेतिर नेपालखबरसँग भने, ‘तर अहिलेसम्म गोली हान्नेको पहिचान हुन सकेको छैन।’

उनका अनुसार पुजारी मन्दिर परिसरमा बसेर खान लागेको बेला कसैले गोली हानेको हो। ‘गोली हान्ने समूह थियो वा एक्लो व्यक्ति,’ डीएसपी श्रेष्ठले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन, हामी अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार मोटरसाइकल वा कुनै गाडीको आवाज नआएकाले हत्यारा पैदलै आएको अनुमान गरिएको छ।
स्थानीयले पुजारीको हत्या गरिएको खबर दिएपछि प्रहरीले रातिदेखि नै घटनास्थलमा सुरक्षा दिएको बसेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad