समाज


काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना परे कारबाहीमा

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना परे कारबाहीमा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ५:३२,

कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंमा बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन्।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार बिहान साढे १० बजेसम्म ४३५ जना कारबाहीमा परेका हुन्।

अत्यावश्यक काम नपरी सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताए।

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासनले एक साताका लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ। 

कारबाहीमा परेकाे तथ्यांक काठमाडौं जिल्लाको मात्रै हो।

५९४ सवारीसाधन नियन्त्रणमा
यस्तै निषेधाज्ञा उल्लंघन गर्दै गुडाइएका ५९४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक महाशाखका प्रवक्ता एसपी वामदेव गौतमले दिएको जानकारीअनुसार बिहान साढे १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएकाे हाे।

यो तथ्यांक भने उपत्यका अर्थात् तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको हो।

‘यी सवारीसाधनमध्ये सबैभन्दा बढी काठमाडौंका छन्, त्यसपछि भक्तपुर र तेस्रोमा ललितपुरका छन्, ’ प्रवक्ता गौतमले भने, ‘जसमा ४३५ मोटरसाइकल छन्, बाँकी अन्य सवारीसाधन।’

कस्तो कारबाही गरेर ती सवारीसाधन छाड्ने भन्ने छलफल भइरहेको उनले जानकारी दिए।

याे पनिनिषेधाज्ञाले काठमाडौं उपत्यका बिहानैदेखि सुनसान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad