कारोबार


मुख्य कार्यालयबाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालयबाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ५:४२,

बैंकहरुले आफ्नो हेड अफिस (मुख्य कार्यालय) बाहेक सबै शाखा बन्द गर्ने निर्णय गरेका छन्।

बैंकरहरुको संगठन नेपाल बैंकर्स संघले कर्मचारीलाई अफिस आउन अवरोध भएपछि सबै बैंक शाखा बन्द गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो। त्यसको लागि बैंकहरुले प्रहरी प्रशासन र राष्ट्र बैंकसँग समेत समन्वय गरेका थिए।

तर आज बिहानदेखि बैंकका कर्मचारीलाई प्रहरीले रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा बन्द गर्ने निर्णय गरेको बैंकर्स संघले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad