Draft


जो बाइडेनले जिते अमेरिकाको राष्ट्रपति चुनाव

जो बाइडेनले जिते अमेरिकाको राष्ट्रपति चुनाव

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार १६:४४,

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै उनी राष्ट्रपति निर्वाचित भएका हुन्।

तर, उनको विजयको आधिकारिक घोषणा हुन बाँकी छ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित भएपछि सीएनएन, बीबीसी लगायतका सञ्चारमाध्यमले उनको विजय भएको जनाएका हुन्।

अमेरिकी सञ्चार माध्यम सीएनएन, बेलायतको बीबीसी लगायतका सञ्चारमाध्यामले पेन्सिलभेनिया राज्यमा बाइडेनले जितेपछि उनले जितका लागि आवश्यक मत प्राप्त गरेको प्रोजेक्सन गर्दै उनी निर्वाचित हुने जनाएका हुन्।

बाइडेनका प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरेका छैनन्। उनले मतगणनामा धाँधली भएको भन्दै नतिजा स्वीकार नगर्ने बताउँदै आएको छन्।

अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भन्ने निश्चित भएको हो।

दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

यसअघि जिमी कार्टर र जर्ज बुस सिनियरले दोस्रो कार्यकालका लागि चुनाव जित्न सकेका थिएनन्।

बाइडनसँगै उनको टिमकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बन्दै इतिहास बनाएकी छन्। उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .