ad ad

कारोबार


महिला चेम्बरको महासचिवमा मनोनीत भइन् लिमा

महिला चेम्बरको महासचिवमा मनोनीत भइन् लिमा

नेपालखबर
भदौ १, २०७८ मंगलबार २३:२४, काठमाडौँ

महिला चेम्बरको महासचिवमा लिमा अधिकारीलाई मनोनीत गरिएको छ। 

महिला चेम्बर नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको संस्था हो। 

नेपाल चेम्बर अध्यक्ष राजेन्द्र मल्लले महासचिवमा लिमा मनोनीत भएको बताए। 

महासचिवमा मनोनीत भएपछि महिलाको सामूहिक आर्थिक सबलीकरणमा जोड दिएर काम गर्ने लिमाले प्रतिबद्धता जनाइन्। 

नेपाल चेम्बर अफ कमर्समा उनी झण्डै चार वर्ष महिला चेम्बरको साधारण सदस्य थिइन्। 

महिला चेम्बरको कार्यसमिति सदस्य, नेपाल चाइना चेम्बरको सचिव हुँदै नेपाल चेम्बरको कार्यसमिति सदस्य बनेकी थिइन्। 

यो पनि–
राजनीतिक परिवारमा हुर्केकी लिमा अधिकारी यसरी बनिन् सफल उद्यमी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .