कारोबार


इन्धनको मूल्यमा भारी कटौतीका बाबजुद २ प्रतिशत मात्रै घट्यो सार्वजनिक सवारीको भाडा

इन्धनको मूल्यमा भारी कटौतीका बाबजुद २ प्रतिशत मात्रै घट्यो सार्वजनिक सवारीको भाडा

नेपालखबर
असार १८, २०८३ बिहिबार १६:५४, काठमाडौँ

इन्धनको मूल्यमा भारी कटौती भए पनि यातायात भाडादर भने २ प्रतिशत मात्रै घटेको छ। 

वैशाख १२ गते तत्कालीन समयमा पूर्णरूपमा बढ्नुपर्ने भाडादर नबढेको र इन्धनको मूल्यमा भएको समायोजनलाई मध्यनजर गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा हाललाई २ प्रतिशत भाडा घट्ने भएको हो।

यातायात व्यवस्था विभागका अनुसार आज असार १८ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भएर (राष्ट्रियस्तरका रुट) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर घटाइएको जनाएको छ। 

विभागले यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा समान २/२ प्रतिशत समायोजन गरेको छ। इन्धनको मूल्य घट्नुलाई स्वचालित समायोजनको आधार भनिएको छ। 

विभागले यात्रुवाहक सवारीमा ९.८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १२.९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १४.३ प्रतिशतले भाडा बढ्नुपर्नेमा सबै प्रकारका सवारीसाधनको भाडादर ५ प्रतिशत मात्रै बढाएकाले अहिले भाडादर कम घट्न पुगेको दाबी गरेको छ। 

इन्धनको मूल्य बढेपछि विभागले वैशाख १२ गते भाडादर ५ प्रतिशत बढाएको थियो।  

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो। 

काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ तथा डिजेल र मट्टितेल १९५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad