खेल


अमेरिकाले रच्यो इतिहास, बोस्निया तथा हर्जगोभिना २-० ले पराजित (तस्बिर)

अमेरिकाले रच्यो इतिहास, बोस्निया तथा हर्जगोभिना २-० ले पराजित (तस्बिर)

नेपालखबर
असार १८, २०८३ बिहिबार ८:११, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा अमेरिकाले बोस्निया तथा हर्जगोभिनाविरुद्ध २-० को जित हासिल गरेको छ। 

यो जितसँगै अमेरिका जारी विश्वकपको अन्तिम १६ अर्थात प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको छ। 

अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा भएको खेलमा अमेरिकाले पहिलो हाफमा १ र दोस्रो हाफमा अर्को गोल गरेर जित हात पारेको हो। 

अमेरिका जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत रहेको अमेरिकाले  खेलको ४५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो। 

अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाएका हुन्। 

अमेरिकालाई पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए। १० जना खेलाडीमा सीमित अमेरिकाले बोस्नियालाई पराजित गर्दै इतिहास अन्तिम १६ मा प्रवेश गरेर इतिहास रचेको छ। 

यसअघि अमेरिका अस्ट्रेलिया र पाराग्वेलाई पराजित गर्दै ९६ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको थियो। 

समूह चरणको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २–० पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। 

तस्बिरहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad